Sunday, June 18, 2017

deuba home town

असार ४, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा डडेलधुरामा उम्मेदवारको मनोनयन शान्ति पूर्ण ढंगबाट सम्पन्न भएको छ ।  

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ८ बजेदेखि मनोनयन प्रकृया सुरु गरिएको थियो । बेलुका ४ बजे भित्र निर्वाचन अधिकृतको कार्यालयको  हाता भित्र प्रवेश गरिसकेकाको उम्मेदवारीको दर्ता बेलुका ६ बजेसम्म गरिएको थियो । 

जिल्लाका २ नगरपालिका र पाँच गाउँपालिकामा मुख्य तीन दल काग्रेस, एमाले र माअ‍ोवादी केन्द्रले सबै पदमा उम्मेदवारी दिएका छन् ।  जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका १३ दल मध्ये मुख्य तीन बाहेक अन्यले सबै पदमा उम्मेदवारी दिन सकेनन् । 

देउवाको गृह जिल्लामा कांग्रेसबाट गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षमा  बागी उम्मेदवारी परेको छ । अजयमेरु गाउँपालिकाबाट त्रिभुवन विश्वविद्यलायका पूर्व सभापति  एंव युवा नेता तथा लोकराज भटट्ले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सोही गाउँपालिकाको उपाध्यक्षमा युवा नेता किशोर बिष्टले उम्मेदवारी दर्ता गराएका छन् ।  नवदुर्गाको वडा नम्बर ४ बाट  टेकबहादुर साउदले उम्मेदवारी दिएका छन् । अमरगढी नगरपालिकाको वडा अध्यक्षमा पुष्पराज जोशी , वडा ३ बाट विरबहादुर ऐर, ४ बाट गगन सिंह बिष्ट, तेजबहादुर बोहरा,  वडा नम्बर ६ बाट बलराम भट्टले वडा अध्यक्षमा  उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसबाट अमरगढी नगरपालिकाको प्रमुखमा डिल्लीराज जोशी, उपप्रमुखमा पार्वती देवी झुकाल, परशुराम नगरपालिकको  प्रमुखमा  भिमबहादुर साउद, उपप्रमुखमा कलापती बोहराले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै आलिताल गाउँपालिकाको अध्यक्षमा बलबहादुर गुरुङ, उपाध्यक्षमा जलादेवी बोगटी, नवदुर्गाको अध्यक्षमा लक्ष्मीप्रसाद अवस्थी, उपाध्यक्षमा डम्मरी ओली, गन्यापधुराको अध्यक्षमा नवलसिंह मल्ल, उपाध्यक्षमा कलापती ठगुन्ना, अजयमेरुबाट कमलसिंह भाट, उपाध्यक्षमा कमला देवी बिष्टले उम्मेदवारी दर्ता गराएकी छिन् ।  

कांग्रेसले जिल्लाका सात स्थानीय तहमा एउटामा मात्रै  प्रमुख पदमा महिला उम्मेदवार बनाएको छ । कांग्रेसबाट भागेश्वर गाउँपालिकको अध्यक्षमा कौशल्या भट्टको मनोनयन  दर्ता गराइएको छ । यहाँ उपाध्यक्ष पदम बोहरा छन् । 

त्यस्तै एमालेबाट अमरगढी नगरपालिकाको प्रमुखमा बिपिन ओझा,  उपप्रमुखमा संगिता भन्डारी,  परशुराम नगरपालिकाबाट प्रमुखमा तारीसिंह बोहरा उपप्रमुखमा दयमन्ती धामी, भागेश्वरबाट अध्यक्षमा विष्णुबहादुर ठकुराठी, उपाध्यक्षमा कमला माली, अजयमेरुबाट धनबहादुर साउद अध्यक्ष र उपाध्यक्षमा सुस्मिता पन्त, गन्याप धुराबाट विरेन्द्र मल्ल र उपाध्यक्षमा कृष्णादेवी पनेरु, नवदुर्गाको अध्यक्षमा कवेन्द्रबहादुर बिष्ट उपाध्यक्षमा जयन्ती बुढाऐर  र आलिताल गाउपालिकाको अध्यक्षमा तुलाराम बोहरा र हरिना देवी बोगटीले उम्मेदवारी दर्ता गराएका छन् । 

त्यसैगरि माओवादी केन्द्रले अमरगढी नगरपालिकामा महिलालाई मेयर पदमा उम्मेदवार बनाएको छ । माओवादीबाट मयेरमा शोभा भट्टले उम्मेदवारी मनोनयन गरेकी छिन्, उपमेयरमा करुणाकर ओझाले मनोनयन दर्ता गराएका छन् । परशुराम नगरपालिकाको मेयरमा शेर सिह माल, उप मेयरमा बिमला महता, अलिताल गाउँपालिकाबाट अध्यक्षमा जगत पार्की, उपाध्यक्षमा सुशिला खत्री, अजयमेरुको अध्यक्षमा उमेशप्रसाद भट्ट, उपाध्यक्षमा कलापती खाँण, गन्यापको अध्यक्षमा ईश्वरीदत्त भन्डारी उपाध्यक्षमा नारुदेवी भट्ट, नवदुर्गामा धर्म बिक, उपाध्यक्षमा हंशादेवी कैनी,  र भागेश्वरको अध्यक्षमा ओम प्रसाद भट्ट र उपाध्यक्षमा बागमती टमटाले उम्मेदवारी दर्ता गराएको छ । 

राष्टिय प्रजातन्त्र पार्टीले  दुवै नगरपालिकामा महिलालाई प्रमुख पदमा उम्मेदवार बनाएको छ ।  अमरगढी नगरपालिकाबाट अनिता थापा र परशुराम नगरपालिकाबाट चन्द्रा देवी भट्टले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन । आलिताल र अजयमेरु गाउ पालिकाका उपाध्यक्ष पदमा राप्रपाले उम्मेदवारी दिएको छैन ।

राप्रपाले गन्यापधुराको अध्यक्षमा काम देव भन्डारी र उपाध्यक्षमा  पार्वती देवी माली, नव दुर्गामा अध्यक्ष नर बहादुर साउद र उपाध्यक्ष लक्ष्मी भट्ट,  आलितालको अध्यक्षमा प्रेम मडैले उम्मेदवारी दर्ता गराएका छन् ।  भागेश्वरको  अध्यक्षमा रामसिह मडै, उपाध्यक्षमा बिमला साउद, अजयमेरुको हरि साउँदले अध्यक्षमा उम्मेदवारी दिएका छन् । 
Jun 18, 2017-
As filing of nominations for second phase local level elections was held in Province 1, 5 and 7 on Sunday, nominations in Prime Minister Sher Bahadur Deuba’s home district Dadeldhura remained peaceful.
Nepali Congress, CPN-UML and CPN (Maoist Centre) have field their candidates for all posts of two municipalities and five village councils of the districts. Except for these parties, 13 other parties registered with the district election office could not nominate candidates for all posts.
The second phase of local polls is slated for June 28 while the first phase was completed in Provinces 3, 4 and 6. The elections in Province 2 have been postponed to September 18 due to protest from Rastriya Janata Party-Nepal.


0 comments:

Post a Comment