atm service
पछिल्लो समय क्लोन म्याग्नेटिक कार्ड अर्थात डुब्लिकेट एटीएम कार्ड प्रयोग गरेर नेपालका बैंकहरुबाट करोडौं रुपैयाँ चोरी हुने गरेको छ । बैकमा सुरक्षित मानेर जम्मा गरेको पैसा यस्तै कार्डहरुबाछ चोरिन्छ भन्दा धेरैलाई पत्याउनै गाह्रो लाग्छ । तर तपाईले सुरक्षित मानेर राखेका बैंकका खाताबाटै यसरी पैसा गायव हुने क्रम बढेको छ ।
जसका कारण बैंकिङ प्रणालीको सुरक्षामाथि नै प्रश्न उठेको छ । अघिल्लो महिना नेपालगंजमा एटीएमबाट पैसा चोरिएको घटना सेलाउन नपाउँदै केही दिनअघि काठमाण्डौमा नै लगातार ३ वटा बैंकका खाताबाट ग्राहकको पैसा गायव भयो । नाम चलेका एनआईसी एशिया बैंक, एनएमबी बैक, र माछापुछे« लगायतका बैंक का साथै नेपाल इन्भेष्टमेण्ट बैंकका ग्राहकको मोटो रकम खाताबाटै गायब भयो ।
तर बैंकको कमजोर सुरक्षाप्रणालीबारे निक्षेपकर्ताले सुईको पाउने डरले यि बैंकहरुले यो घटना भित्रभित्रै मिलाए । तर बैंकले दिएको उजुरीका आधारमा अनुसन्धान गरेको प्रहरीले भने बैंकको खाताबाटै पैसा गायव हुने घटनाको डरलाग्दो तथ्य फेला पा¥यो । प्रहरी अनुसन्धानबाट पत्ता लागेको क्लोन म्याग्नेटिक कार्ड अर्थात् डुब्लिकेट एटीएम बनाएर चोरी गर्ने गिरोहबारेको तथ्यले भने बैंकमा पैसा राखेर ढुक्क भएका हजारौ निक्षेपकर्ताहरुको मुटुमा ढयाग्रो हानेको छ भने आफुलाई सुरक्षित भन्दै प्रचार गरिरहेका केहि बैंकहरुमा यसले भुईचालो ल्याईदिएको छ ।
The last time the clone duplicate ATM card magnetic card that is used by banks and billions of Nepal has been stolen. Bank safe deposit the money sighing over the same kardaharubacha corincha many find it difficult to believe. But whosoever shall put you saved the bank have increased Apps accounts so money is missing.
Due to the security of the banking system has raised the question of whom. Nepalganj of cash stolen last month in Kathmandu a few days prior to the event must continue to follow up the bank account of a client's money is missing 3 cases occurred. Famous NIC ASIA Bank, NMB Bank, and machapuche «Nepal Investment Bank and other banks as well as huge amount of customers disappeared Apps accounts.
But the bank's depositors syringes for fear of weak suraksapranalibare these banks arranged inside it. But the police investigation of a complaint filed by the bank if the bank's money is missing Apps accounts will be able to find the facts ¥ this terrible event. Police investigation revealed that the clone duplicate magnetic card or an ATM to steal girohabareko making sure the thousands of depositors by the fact that deposit their money if the shooter dhayagro protect the heart and saying, some banks are doing it is lyaidieko trembled.
Banks on the basis of the complaint, the police are investigating the use of duplicate ATM cards to steal a large amount of banks and financial institutions account the different parts of the capital, arrested a gang that has even. According to the research if his active investing End strip card reader device (MSR) to help clone the magnetic card was created to steal.
This clique of banks and financial institutions ICQ Hacker epsamarphata ATM card to buy a digital data bank India and Nepal Point of Sale (POS) machine with a large turnover of merchant and commercial companies, banks, including foreign funds have been seen stealing. A major reason provided by the Nepali debit card, credit card, security card, prepaid card and card forgery blyanka have been seen to have stolen the country's new style of sandrdhabhama.
This one stolen magnetic card thief bisesagari bitkvaina and ICQ clone using the newest on Monday. A type of magnetic card clone duplicate ATM card, magnetic strip card reader in which the culprits to steal End writer device (MSR) Hacker bought through different person, they want the data bank and financial institutions. This duplicate ATM card swipe data bharisakepachi spots are related to the person spends spends money transfer.
Such cards bought through online hackers do not need the data ashore PIN code. Bitkvaina a kind of digital currency. Australian entrepreneur Craig Wright bitkvaina digital transaction system and is considered the invention.
Adopting I learn from you 'to the application made by the Israeli company name briefly ICQ mirabilisale be built in 1 99 6. The company was transferred to the ownership of AOL after mirabilisale. Both Android and iOS apps ICQ version is available free voice calls, video calls and chat is popular for.
Even if his client would be that had been seen.
ATM fraud, can not use others to take safety precautions as possible. Taking money for its ATM buthabata were not looking around unnaturally device is connected only to take the money. If you are going to see the money out of unnecessary equipment is not connected. Any device connected to the ATM booth unnatural doubts and see another ATM than buthasamga.
The ridges that look like the pad close to the hole in the pinhole camera can be connected. ATM card magnetic strip copy the data to another card slot jenyuana kardabaheka also be connected. Look at more than one card slot that is not out of the ATM buthabata money. Money account, even though the money may not come under my fake card slot on your card. As soon as your card is fake card slot under my know immediately go to another ATM booth to change your PIN number.
That it seems unnatural pad and seemed to fit him well in the ATM machine does not buthabata business. ATM buthabhitra look unnatural ukaranaharu connected and related bank reported immediately to the nearest police office. PIN number to confirm their backs, some sort of man-looked. Pin number when dialing hand covering only safe way to dial.
Bank SMS Alert Service to take, which could be unaware of anyone nikalnebittikai money. They are not mobile SMS alerts about transactions and account details see information about the need to inform the bank immediately related. From time to time, to change the PIN number.
As far as possible not to allow anyone to use your ATM, no show. Bank ATM monitoring the sisitibhimarphata buthabhitra and external activity as subtle. Look at such an unusual and suspicious activity should be immediately reported to the police. Kardabhanda magnetic strip ATM safe as banks apply the iemabhi chip.
Slip cast out of cash coming into print is not the same phyalnu. Many of the ATM slip kauntaramai activities. So slip your money in the fall, f
बैंकहरुले दिएको उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले डुब्लिकेट एटीएम कार्ड प्रयोग गरी बैंक तथा वित्तीय संस्थाको खाताबाट ठूलो रकम चोरी गर्ने गिरोहलाई राजधानीका विभिन्न भागबाट पक्राउ समेत गरेको छ । अनुसन्धान अनुसार चोरि सक्रिय गिरोहले स्ट्रिप कार्ड एन्ड रिडर डिभाइस (एमएसआर) को सहायताले क्लोन म्याग्नेटिक कार्ड बनाई चोरी गर्ने गरेका थिए ।
यो गिरोहले आईसीक्यू एप्समार्फत ह्याकरबाट बैंक तथा वित्तीय संस्थाका एटीएम कार्डका डिजिटल डाटाहरू किन्ने र नेपाल तथा भारतका बैंकबाट प्वाइन्ट अफ सेल (पिओएस) मेसिन लिएर कारोबार गर्ने ठूला व्यापारी तथा व्यवसायिक कम्पनीमार्फत बैंकमा रहेको विदेशीहरूको रकम समेत चोर्ने गरेको समेत देखिएको छ । यतिमात्रै होइन नेपाली बैंकहरुले उपलब्ध गराएका डेबिट कार्ड, क्रेडिड कार्ड, सेक्युरिटी कार्ड, प्रिपेड कार्ड तथा ब्ल्यांक कार्डलाई किर्ते गर्ने गरेको समेत देखिएको छ जुन नेपालको सन्द्र्धभमा चोरीको नयाँ शैली हो ।
यस्तो चोरिमा चोरहरुले बिशेषगरि क्लोन म्याग्नेटिक कार्ड बिट्क्वाइन र आईसीक्यू एप्सको प्रयोग गर्ने गरेका छन । क्लोन म्याग्नेटिक कार्ड एक प्रकारको डुब्लिकेट एटीएम कार्ड हो, जसमा चोरी गर्ने गिरोहले म्याग्नेटिक स्ट्रिप कार्ड रिडर एन्ड राइटर डिभाइस (एमएसआर) मार्फत ह्याकरबाट किनिएका विभिन्न व्यक्ति, बैंक एवं वित्तीय संस्थाका डाटाहरू भर्छन् । डाटा भरिसकेपछि यही डुब्लिकेट एटीएमलाई स्विप कार्डमा घोटेर सम्बन्धित व्यक्तिको एकाउन्टबाट आफ्नो एकाउन्टमा रकम ट्रान्सफर गरिन्छ ।
यस्ता कार्डमा ह्याकरहरूबाट अनलाइन मार्फत् किनिएका डाटा भरिएपछि पिन कोडको आवश्यकता पर्दैन । बिट्क्वाइन एक प्रकारको डिजिटल मुद्रा हो । अस्ट्रेलियाली उद्यमी क्रेग राइटको आविष्कार मानिने बिट्क्वाइन डिजिटल लेनदेन प्रणालीमा आबद्ध हुन्छ ।
अंग्रेजीको ‘आई सिक यू’ लाई छोटकरीमा आईसीक्यू नाम दिएर बनाइएको यो एप्स इजरायली कम्पनी मिराबिलिसले सन् १९९६ मा निर्माण गरेको हो । पछि मिराबिलिसले त्यसको स्वामित्व एओएल कम्पनीलाई हस्तान्तरण गरेको थियो । एन्ड्रोइड र आईओएस दुवै भर्सनमा उपलब्ध आईसीक्यू एप्स फ्री भ्वाइस कल, भिडियो कल एवं च्याटका लागि चर्चित छ ।
ग्राहकको असावधानीका कारण पनि चोरि हुने गरेको देखिएको छ ।
एटीएम प्रयोगमा सावधानी अपनाउन सके अरूले ठगी गर्न पाउँदैनन् । त्यसका लागि एटीएम बुथबाट रकम निकाल्दा वरपर कतै अस्वाभाविक उपकरण जडान भए नभएको हेरेर मात्र पैसा निकाल्नुपर्छ । यदि एटीएममा अनावश्यक उपकरण जडान भएको देखिए पैसा निकाल्नु हुँदैन । कुनै एटीएम बुथमा अस्वाभाविक उपकरण जडान भएको शंका लागे अर्को एटीएम बुथसँग तुलना गरेर हेर्नुपर्छ ।
कि प्याड नजिक प्वाल जस्तो देखिए उक्त प्वालभित्र पिनहोल क्यामेरा जडान गरिएको हुनसक्छ । एटीएम कार्डको म्याग्नेटिक स्ट्रिपमा रहेको डाटा कपी गर्न जेन्युअन कार्डबाहेक अन्य कार्ड स्लट पनि जोडिएको हुनसक्छ । एक भन्दा धेरै कार्ड स्लट देखिए त्यस्तो एटीएम बुथबाट पैसा निकाल्नु हुँदैन । खातामा पैसा हुँदाहुँदै पनि पैसा आएन भने नक्कली कार्ड स्लटमा आफ्नो कार्ड छिराइएको हुनसक्छ । आफ्नो कार्ड नक्कली कार्ड स्लटमा छिराइएको थाहा पाउनेबित्तिकै तत्काल अर्को एटीएम बुथमा गएर आफ्नो पिन नम्बर परिवर्तन गर्नुपर्छ ।
कि प्याड अस्वाभाविक जस्तो लागे तथा मेसिनमा राम्रोसँग फिट नभएजस्तो लागे उक्त एटीएम बुथबाट कारोबार नगर्ने । एटीएम बुथभित्र अस्वाभाविक उकरणहरू जडान गरिएको देखिए तत्काल नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित बैंकमा खबर गर्ने । पिन नम्बर हान्ने बेलामा कोही कसैले हेरे–नहेरेको यकिन गर्ने । पिन नम्बर डायल गर्दा हातले छोपेर सुरक्षित तरिकाले मात्र डायल गर्ने ।
बैंकबाट एसएमएस अलर्ट सेवा लिने, जसका कारण कसैले पैसा निकाल्नेबित्तिकै आफूलाई थाहा होस् । आफूले गर्दै नगरेको कारोबारका बारेमा मोबाइलमा एसएमएस अलर्ट तथा खाता विवरणका बारेमा जानकारी देखिए तत्काल सम्बन्धित बैंकमा खबर गर्नुपर्छ । समय–समयमा पिन नम्बर परिवर्तन गर्ने ।
आफ्नो एटीएम सकभर कसैलाई प्रयोग गर्न नदिने, कसैलाई नदेखाउने । बैंकले एटीएम बुथभित्र तथा बाहिरको गतिविधि सूक्ष्म रूपमा सिसिटिभीमार्फत निगरानी गर्छ । त्यस्तो कुनै अस्वाभाविक तथा शंकास्पद गतिविधि देखिए तुरुन्त प्रहरीलाई खबर गर्नुपर्छ । म्याग्नेटिक स्ट्रिप एटीएम कार्डभन्दा सुरक्षित भएकाले बैंकहरूले इएमभी चिप प्रयोगमा ल्याउनुपर्छ ।
एटीएमबाट पैसा निकालेपछि प्रिन्ट भएर आउने स्लिप पनि त्यसै फ्याल्नु हुँदैन । धेरैले उक्त स्लिप एटीएम काउन्टरमै फाल्छन् । त्यसरी स्लिप फाल्दा आफ्नो पैसा चोरिने सम्भावना वृद्धि हुन्छ । त्यस्तो स्लिपका आधारमा सूचना लिएर पनि नेपालमा एटीएमको पैसा अनधिकृत रूपमा निकालिएको बताइन्छ ।
के हो एटिएम र कसरी भित्रियो नेपालमा ?
अटोमेटेड टेलर मेसिन अर्थात् एटिएमलाई अन्तर्राष्ट्रिय बैकिङ भाषामा प्लाष्टिक मनी भनिन्छ । विकसित देशमा कार्र्डले खल्ती मै पैसा हाले सरह काम गर्दछ । तर नेपालमा एटिएमको प्रयोग खातामा पैसा भएकालाई झिक्न बाहेक काम छैन । प्राय नेपालमा समयकै बचतका लागि पनि एटिएमको प्रयोग गर्नेहरु धेरै छन् । तर यसको प्रयोगबाट ग्राहकहरु भने त्यति सन्तुष्ट छैनन् ।
एटिएमको विकास एसियामा जापानबाट, युरोपमा स्वीडेन र लण्डनबाट र उत्तरी अमेरिकामा संयुक्त राज्य अमेरिकाबाट सुरु भएको हो । एटिएम प्रयोग हुन एक डिभाईस चाहिन्छ जुन डिभाईस सन् १९६६ बाट सुरु भएको बताईन्छ ।
हिमालयन बैंकले सन् १९९५ मा नेपालमा पहिलो पटक एटिएम कार्डको प्रयोग भित्राएपछि नेपालका सबै वाणिज्य बैंकहरुले यो सेवा संञ्चालन गरिरहेका छन् ।
तर प्रविधिको विकासमा निक्कै फड्को मारेको नेपालमा एटिएम कार्ड भने प्रयोग हुन थालेको २२ बर्षसम्म पनि खाताको पैसा झिक्ने प्रयोजनका लागि मात्रै प्रयोग हुनु लज्जाको बिषय हो । नेपालमा वित्तीय कारोबार गर्ने संस्थाबीच प्रतिष्पर्धा बढ्दै गएपछि बाणिज्य बैंकहरुले मात्रै होइन विकास बैक र फाइनान्स कम्पनीहरुले पनि एटिएमको सुविधा दिन थालेका छन् ।
एटिएमलाई खाताको पैसा झिक्नेबाहेकमा उपयोग गराउनेतर्फ भने कुनै पनि बैंकको ध्यान जान सकेको छैन । तर यही खाताको पैसा झिक्न मात्रै प्रयोग हुने एटिएम पनि सीमित समयमा मात्रै चल्ने भएकाले उपभोक्ताले सुविधा भन्दा सास्ती धेरै भोग्ने गरेको सरोकारवालाहरु बताउँछन् ।
कहिले प्राविधिक समस्या त कहिले लोडसेडिङको कारण भन्दै बैंकहरुले बेला बेला एटिएमको सेवा बन्द गरिरहँदा उपभोक्ता थप मर्कामा पर्ने गरेका छन् ।
एटिएम मेसिन धेरै महङ्गो नभएपनि धेरै बैंकहरुले पुराना र सेकेण्ड हेण्ड मेसिनहरु खरिद गर्ने गरेकाले बेला बेला समस्या आउने गरेको छ । यसो त शहरी क्षेत्रका चोक चोकमा एटिएमको च्याँखे थापेका बैंकहरुले नेपालका ग्रामीण भेगमा भने नजर समेत पु-याउन सकेका छैनन् ।
नेपालमा एटिएम प्रयोगकर्ताको सङ्ख्या एक करोड नाघिसकेको छ । अहिले एटिएमको प्रयोग हरेक व्यक्तिका लागि सरल एवं उपयोगी साधन बनेको छ ।
नेपालको ९० प्रतिशत ग्रामिण भेगमा यसको खासै प्रभाव नभएपनि शहरी क्षेत्रमा एटिएमको प्रयोगकर्ताको बढ्दो आर्कषणकै कारण बैंक तथा वित्तिय संस्थाहरुले पनि एटिएम काउन्टर थप्ने होडबाजी गरिरहेका छन् । यस्तै काउन्टर थप्दै जानेहरु मध्ये वाणिज्य बैंकहरुको संख्या धेरै छ ।
यद्यपी एटिएम काउन्टर थप्ने मामिलामा विकास बैंक तथा ठूला फाइनान्स कम्पनीहरु पनि त्यत्तिकै उत्साहित बन्दै गएका छन् । एटिएम सेवा नदिने बैंक तथा वित्तीय संस्थाहरुमा खाता खोल्नेहरुको संख्या घट्न थालेपछि धेरै बैंक तथा वित्तीय संस्थाहरु एटिएम सेवा दिनैपर्ने बाध्यतामा परेका छन् ।
पछिल्लो समयमा विशेषगरी स्कूल तथा कलेज लेबलमा अध्ययनरत युवा पुस्तामा एटिएम आकर्षण बढ्दै गएका कारण उनीहरुलाई आकर्षित गर्नका लागि पनि बैंक तथा वित्तीय संस्थाहरु एटिएम काउन्टरको संख्या बढाउन बाध्य भएको बैंकरहरु बताउँछन् ।
एटिएम कार्डको प्रयोग गर्नेहरुका लागि आर्थिक कारोबार गर्न धेरै सरल एवं सहज त भएको छ । तर, यसको प्रयोग गर्दा सावधानी नअपनाएका कारण यसका प्रयोगकर्ताहरु ठगिने खतरा पनि बढ्दो छ । नेपालमा मात्र होइन, विश्वभरमै एटिएमको नक्कली कार्ड प्रयोग गरेर ठगी गर्ने गरेका आपराधिक घटनाहरु पछिल्ला दिनमा बढ्दै गएका छन् ।
पछिल्लो समयमा यो सेवा असुरक्षित रहेका घटनाहरु सार्वजनिक हुन थालेपछि बैंक र एटिएम कार्डका प्रयोगकर्ता दुवै ढुक्क बन्न सकेका छैनन् । एटिएमको सुरक्षाका लागि सिसिटिभी क्यामेरा र सुरक्षा गार्डको सतर्कता महत्वपूर्ण कुरा हो । तर, यी सेवा हुँदैमा एटिएममा भएको पैसा सुरक्षित हुन्छ भन्ने ग्यारेन्टी छैन ।
यसको उदाहरणको रुपमा केही समय अघि नविल बैंकका पूर्वकर्मचारी सविन रिमाल र उनका भाई रितेशले नक्कली एटिएम कार्ड प्रयोग गरेर ८० लाख रुपैयाँ भिकेको घटनालाई लिन सकिन्छ । एटिएम ठगी काण्डमा रिमाल दाजुभाई पक्राउ परेपछि एटिएमको सुरक्षाबारे धेरैको चासो बढेको छ ।
“काउन्टरमा राखिएको एटिएम कार्ड छिराउने मेसिनमा धागो वा रिल राखेर कार्ड अड्काउने अनि पछि झिकिदिने बाहानामा अन्य व्यक्तिले पिन नम्बर लिने र पिन नम्बर थाहा पाएपछि नक्कली कार्ड बनाएर पछि रकम झिक्ने खतरा हुन्छ । यसरी हुने ठगीमा एटिएम काउन्टरकै गार्ड वा कर्मचारीहरु नै संलग्न नहोलान् भन्न पनि सकिन्न ” एक बैंकर भन्छन् “त्यसैले एटिएम प्रयोगकर्ता आफैँ पहिले सचेत हुनुपर्दछ ।” एटिएम कार्डको प्रयोग जति सजिलो छ, त्यतिकै जोखिमपूर्ण भएको भन्दै यसका प्रयोगकर्ताहरु धेरै सावधानी अपनाउनुपर्ने सुझाव दिन्छन् ।
बैंकहरु एटिएम सावधानी नअपनाए ठग गिरोहले जस्तो सुकै खाताबाट पनि पैसा झिक्न सक्ने उनीहरुको भनाई छ । विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको प्रमाणीकरण नियन्त्रक कार्यालयका एक कर्मचारी भन्छन् –एटिएम कार्डको पिन नम्बर सबैभन्दा महत्वपूर्ण भएकाले त्यसको प्रयोगकर्ताले उक्त नम्बरलाई सुरक्षित राख्नुपर्छ । पैसा झिक्दा आफ्नो पिन नम्बर कसैले नदेख्नेगरी प्रयोग गर्नुपर्दछ । कार्ड छिराउने ठाउँमा केही चिज राखेको छ कि छैन भन्नेबारे ध्यान दिनुपर्छ ।
एटिएम कार्डको प्रयोग गर्नेहरुका लागि आर्थिक कारोबार गर्न धेरै सरल एवं सहज त भएको छ । तर, यसको प्रयोग गर्दा सावधानी नअपनाएका कारण यसका प्रयोगकर्ताहरु ठगिने खतरा पनि बढ्दो छ । नेपालमा मात्र होइन, विश्वभरमै एटिएमको नक्कली कार्ड प्रयोग गरेर ठगी गर्ने गरेका आपराधिक घटनाहरु पछिल्ला दिनमा बढ्दै गएका छन् ।
पछिल्लो समयमा यो सेवा असुरक्षित रहेका घटनाहरु सार्वजनिक हुन थालेपछि बैंक र एटिएम कार्डका प्रयोगकर्ता दुवै ढुक्क बन्न सकेका छैनन् ।
एटिएम बक्स वरिपरि पारदर्शी वस्तु भए, नभएकोबारे प्रयोगकर्ताले अवलोकन गर्नुपर्छ । बैकहरुका अुनसार नक्कली एटिएम कार्ड बनाएर अरुको पिन नम्बर प्रयोग गरी उसको खातामा रहेको रकम झिक्न सक्ने सम्भावाना हुन्छ त्यसैले पनि प्रयोगकर्ताले पैसा झिक्ने बेला पिन नम्बर छोपेर स्विच थिच्नुपर्दछ । पिन नम्बर थिच्ने स्थानमा राखिएको प्लाष्टिकको लेयरमा थिचिएका अंकको डोब बस्ने र ठगले पनि त्यही डोबका आधारमा खाताको रकम झिक्ने खतरा हुन्छ ।
कतिपय अवस्थामा बैंक वा एटिएम काउण्टरमा बस्ने कर्मचारीले समेत त्यो ठगी गर्न सक्छन । कहिले काहीँ एटिएम कार्डबाट पैसा निकाल्न नसके आफ्नो खाताको ब्यालेन्स कम भईरहेको हुन्छ । त्यसैले पनि पैसा झिक्न गएका बेला प्राप्त रिसिप्टलाई सुरक्षित राख्नुपर्दछ । एटिएम कार्ड प्रयोग गर्दा मेसिन वरिपरि कुनै अनावश्यक मेसिन वा क्यामेरा जडान गरिएको छ कि छैन भनेर एटिएम कार्डको प्रयोगकर्ता सजग हुनुपर्दछ ।
नेपालमा एटिएम प्रशस्त भएपनि सेवा निक्कै फितलो छ । यसको मुख्य कारण बैंकरहरुले एकैपटक धेरै कमाउन खोज्ने प्रवृत्ति र लोडसेडिङ हो । काउण्टरले भने जस्तो सेवा दिन सकेका छैनन् भने ग्राहकले सोचेजस्तो सेवा पाउन सकेका छैनन् ।
आफ्नो खातामा पैसा भएपनि एटिएममा पैसा नहुने, बारम्बार मेसिन बिग्रने, सर्भिस डाउन, नेटवर्कमा समस्या आउने आदि कारणले एटिएम प्रयोगकर्ताहरुले बारम्बार समस्या भोग्नुपरेको छ । खासगरी उपभोक्ताका लागि सहज होस् भनेर ल्याईएका यस्ता सुविधाले उपभोक्तालाई झन् समस्या थप्ने गरेका छन् । तर बैंकलाई भने एटिएम कार्डका कारण निकै फाईदा हुने गरेको छ । टिभी अन्नपूर्ण बाट

0 comments:
Post a Comment