Sunday, April 30, 2017

Disputes and differences

काठमाडौं, १८ वैशाख । संविधान संशोधनलाई लिएर राप्रपाभित्र विवाद र मतभेद बढेपछि संकटमा परेका उपप्रधान एवम् गृहमन्त्री समेत रहेका अध्यक्ष कमल थापाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । पार्टी मुख्यालय धुम्बाराहीमा बिहान एघार बजेका लागि बोलाइएको बैठकमा पार्टीभित्रको विवाद, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव लगायतका विषयमा छलफल हुनेछ । राप्रपाका सहप्रवक्ता किरण गिरीले मुलुकको विकसित राजनीतिक अवस्था, स्थानीय तहको निर्वाचन तयारी तथा महाअभियोग प्रस्ताव लगायतका विषयमा छलफल हुने जानकारी दिए । ‘अध्यक्ष ज्यूले समग्र राजनीतिक विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाउनु भएको छ’, उनले भने, ‘विशेष गरेर निर्वाचन र सरकारका विषयमा केन्द्रित रहेर छलफल हुन्छ ।’ राप्रपाका सांसद रामकुमार सुव्वासहितका दश जना सांसदले संविधान संशोधनको विधेयकविरुद्ध आफूहरू विपक्षमा उभिने चेतावनी दिएपछि अध्यक्ष थापा क्रुद्ध बनेका छन् । हुन त अध्यक्ष थापाले प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने प्रस्तावलाई लिएर सरकार छाड्नेसम्मको चेतावनी ट्वीटमार्फत दिइसकेका छन् । उनले कार्यसम्पादन समितिबाट के निर्णय गर्ने हुन् हेर्न बाँकी छ । थापालाई सरकार नछाड्न पनि पार्टीभित्रैबाट दवाव छ ।
KATHMANDU, April 18. Disputes and differences with the amendments of the RPP Deputy Prime Minister and Minister for Home Affairs, who is also increased distress Performance Committee Chairman Kamal Thapa meeting. For horn, called a meeting at the party headquarters Dhumbarahi eleven in the morning the party disputes, including the prime minister will discuss a motion of impeachment karkiviruddhako Sushila. RPP spokesperson Kiran Giri, the country's political situation developed, the local government election preparation and discussion of a motion of impeachment, including information about him. "The overall political discussion chairman had called the meeting to perform well," he said, "especially by focusing on the election and the government is to discuss." RPP MP Ram suvvasahitaka ten members who will stand against the amendment vidheyakaviruddha warning after they have become angry Thapa. Of course, the Prime Minister Thapa Sushila Karki chadnesammako impeachment offered a government warning, given tvitamarphata. He has yet to see the performance of the Committee's decision. Thapa government nachadna the nationality of pressure.

0 comments:

Post a Comment